Odapalika - The Fourth Estate - चौथो अंग
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । मन्त्री पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् ।

मन्त्री पौडेलले दिएको जानकारी अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमध्ये चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ६० प्रतिशत हो ।

यस्तै, पुजीगत खर्चतर्फ सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । यो भनेको कुल बजेटको करिब २१ प्रतिशत हो । वित्तीय व्यवस्थाको लागि भने सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थापनतर्फ सरकारले कुल बजेटको १९ प्रतिशत रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update