
काठमाडौँ । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट पेश भएको छ । प्रदेशका अर्थमन्त्री डा. टंकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएका हुन् ।
चालु आर्थिक वर्षमा १२ अर्ब ६३ करोड (३९.५ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ९ करोड (५६.७ प्रतिशत) वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।
बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान गरिएको छ ।
समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड रुपैयाँ छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ १८:०९
प्रतिक्रिया दिनुहोस्