Odapalika - The Fourth Estate - चौथो अंग
संसदमा रास्वपा नीतिः अरु बोल्दा जुलुस, माओवादी बोल्दा चुप 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा माओवादी केन्द्रका सांसदले बजेटमाथि आफ्नो धारणा राख्दा नाराबाजी बन्द गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादीको तर्फबाट शक्ती बस्नेतले बोल्ने क्रममा रास्वपाका सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी रोकेर मौन भएर बसेका छन ।

रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै विरोध जारी राखेको बेला माओवादी केन्द्रले कांग्रेस(एमालेसँग दुई बुँदे सहमति गरेर संसदको अवरोध खोलेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update