
काठमाडौँ । जिल्ला विपत् व्यवस्थापन समिति सिन्धुपाल्चोककले सबै स्थानीय तहका अधिकांश बस्ती र गाउँलाई विपत् जोखिमयुक्त क्षेत्र घोषणा गरेको छ ।
वर्षमा सबैभन्दा बढी क्षति व्यहोर्ने जिललका रुपमा परिचित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका २१ वटा बस्तीलाई अति जोखिमयुक्त बस्तीका रुपमा बर्गीकरण गरिएको छ । यो बस्तीका ७७० जना नागरिक जोखिममा रहेको विपत व्यवस्थापन समितिको भनाइ छ ।
यसैगरी बाह्रविसे नगरपालिकाका ६३ वटा बस्तीका ८०५ नागरिक जोखिममा छन् । भोटेकोशी गाउँपालिकाका ६३ घर घरका ८०० जनाभन्दा बढी विपत जोखिममा राखिएको छ ।
भोटेकोशी गाउँपाकिलाका ५३ घर, त्रिपुरासुन्दरीका १७१ नागकिर पनि जोखिममा रहेको बताइएको छ । लिशंखुपाखर, बलेफी, इन्द्रावती जुगल, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाभित्रका अधिकांश बस्ती पनि विपत जोखिममा रहेको समितिको भनाइ छ ।
सिन्धुपाल्चोक जिल्लामा मात्र साना ठूला गरी ४४ वटा खोल्सा, खोला र नदी छन् । समितिले विपत पूर्व तयारकिा लागि सबैखाले तयारी गरिएको बताउँदै नागकिरलाई समेत सतर्क रहन र विपत्मा परे खबर गर्न भनेको छ ।