Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य  तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले मदिरा खाने कर्मचारीको तलव काट्ने गरी कानुन बनाउन प्रस्ताव गरेका छन् । 

संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा बोल्दै सांसद सुवालले ऐनमै मदिरा सेवन गर्ने कर्मचारीको पािरश्रमिक र सुविधा कटौती गर्दै जाने व्यवस्था राख्नुपर्ने प्रस्ताव गरेका छन् । 

उनले स्थानीय तहमा देखिएको कर्मचारी समस्या टार्न स्थानीय तहले स्थानीय राजश्वको ४० प्रतिशतले पुग्ने गरी कर्मचारी राख्न पाउने व्यवस्था गर्नुपर्ने ऐनमा व्यवथा गर्नुपर्ने बताए ।

निले विधेयकमै कर्मचारी सरुवा बढुवा र भर्नामा मन्त्रालयमा पैसा खान तत्काल रोक्ने भनेर लेख्नुपर्छ भनेर जिकिर पनि गरेका छन् । 

उनले निजामती कर्मचारीले अवकासको २ वर्षभित्र अनुभव लेखेर दिनुपर्ने, कर्मचारीले पाउने आवास कर्जाले आफ्जै जिल्लामा मात्र घर बनाउन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । निजामती सेवा विधेयक आजै पारित गर्ने तयारी छ । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update