Odapalika - The Fourth Estate - चौथो अंग
रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन, स्थानीय तहको कहिले ? 

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फ रुपन्देहीको–३ मा रित्त पदका लागि आगामी कात्तिक १७ मा उपनिर्वाचन गर्ने भएको छ । 

सरकारसँगको परामर्शपछि आयोगले उपनिर्वाचनको मिति तय गरेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उक्त क्षेत्र खाली छ । २०७९ सालको निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

उनको निधनपछि उपचुनावको मिति तय भएपनि मनाङको प्रदेशसभामा भने अहिलेसम्म मिति तय भएको छैन । प्रदेशसभा सदस्य दिपक मनाङेको पद अदातले अबैध भनेपछि सो स्थान पनि रिक्त छ । 

आयोगले अदालतको अन्तिम फैसला प्राप्त नभएका कारण मिति तय नभएको र तत्काल प्राप्त हुने अवस्था आए सोही मितिमा चुनाव हुनसक्ने बताए । 

आयोगले यही मितिमै स्थानीय तहमा रिक्त रहेका पदमा समेत उपनिर्वाचन गराउने आन्तरिक तयारी गरिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update