Odapalika - The Fourth Estate - चौथो अंग
सगरमाथा बृक्षारोपण महाअभियानः रुख रोप्न स्थानीय तहलाई पत्र

काठमाडौँ । संघीय सरकारले १४ असारदेखि एक महिनासम्म सगरमाथा बृक्षारोपण महाअभियानको घोषणा गर्दै अभियानमा सहभागी हुन देशभरका स्थानीय तहमा पत्राचार गरेको छ । 

सन् २०४५ सम्ममा कार्वन उत्सर्जन शून्यमा झार्ने प्रतिवद्धतासहित बन मन्त्रीले एक महिनाको अवधिलाई सगरमाथा बृक्षारोपण महाअभियान घोषणा गरेका छन् । 

सरकारले खाली जग्गा दनी किनार, सडक किनारा, कार्यालय परिसर, शैक्षिक संस्था, निजी जमिनलगायतमा रुख विरुवा, फलफूल, जडिबुटी आदि रोपण गर्न एक महिना अभियान नै चलाउने निर्णय गरिसकेको छ । 

यो अभियान सफल पार्न देशभरका स्थानीय तहमा पत्राचार गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 
 


 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update