Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल नगरपालिका संघले वैदेशिक रोजगारीबाट फर्केकाको पुनःस्थापनाका लागि काम गर्ने 

काठमाडौँ । नेपाल नगरपालिका संघ र हेल्भाटास नेपालबीच वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुनःस्थापना सम्बन्धी रेमी परियोजना संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यस परियोजानले बिशेषत श्रम रोजगार, पुनस्थापना र आप्रवासीको सवालमा तिनै तहका सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच नीतिगत बहस पैरवी गर्नेछ भने यस विषयमा स्थानीय सरकारको क्षमता विकास गरी सेवा प्रणाली सुदृढ गर्ने छ ।

हालका लागि कोशी प्रदेश र मधेश प्रदेश लक्षित यस कार्यक्रम जुलाई २०२६ सम्म पहिलो फेजको रुपमा संचालन हुनेछ ।

संघले नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम कार्यान्वयनका लागि ७ वटा नगरपालिकाहरू सँग समझदारी गरेको छ । 

नगरपालिकाहरूमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास, नगरव्यापी समावेशी सरसफाइ प्रणालीको सुदृढीकरण र नियामक सुधारका काम गर्ने सम्झौता गरिएको जनाइएको छ । 

समझदारी पत्रमा नेपाल नगरपालिका संघको तर्फबाट अध्यक्ष भीम प्रसाद ढुङ्गाना र सम्बन्धित नगरपालिकाका  नगर प्रमुखहरूले हस्ताक्षर गरेका छन् । 

समझदारी गरेका नगरपालिकाहरूमा कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिराहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिका छन् ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update