Odapalika - The Fourth Estate - चौथो अंग
२६ हजारमा ९ वटा ल्यापटप बेच्दै संघीय मन्त्रालय, ७५ हजारमा पाइने भो  १८ थरी सामान

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनत्रालयमा भएका पुराना सामान लिलाम विक्रीमा राखेको छ ।  मन्त्रालयले २ हजार ७२८ रुपैयाँमा टिभीदेखि २८५ रुपैयाँमा बुककेससम्म बिक्रीमा हालेको छ । 

मन्त्रालयले १८ प्रकारका सामान विक्री वितरण गर्नुपर्ने भन्दै एकमुष्ट रुपमा न्युनतम ७५ हजार ४४३ रुपैयाँ कवोल गर्नेले यी सबै सामान लैजान पाउने भनेको छ । 

सरकारल नयाँ सामान किनेपछि र सामान्य पुराना हुन थालेका सामना कवाडी मूल्यमा बेचविखन गर्ने गर्छ ।  पुराना हुँदै गएपछि कर्मचारीले चलाउन नमान्ने भएकाले विक्री लिलाममार्फत बेचविखन गर्ने गरिएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले आफुसँग भएको भएको ९ वटा ल्यापटपलाई २६ हजार ५४८ रुपैयाँमा बिक्रीका लागि राखेको छ ।  मनत्रालयले १८ थरी सामान नै एकमुष्ट रुपमा उठाउनुपर्ने सर्त भने अघि सारेको छ । 

यी हुन् बेच्न राखिएका सामान

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update