Odapalika - The Fourth Estate - चौथो अंग
कुलिङ पिरियडमा भएको गढवढी छानविन गर्न परियारको संयोजकत्वमा समिति गठन

काठमाडौँ । नेपाली कासंग्रेसका सांसद जिवन परियारको संयोजकत्वमा कुलिङ पिरियडमा भएको गडवढीबारे छानविन गर्न समिति बनेको छ । 

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधिसभाबाट घोषणा भएको हो ।

सभामुख घिमिरेका अनुसार संसद्को नियमावली, २०७५ को नियम १८) बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।

समितिमा नेपाली कांग्रेसबाट संयोजक परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्तीर नारायण आचार्य नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदसय छन् । 

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ । समितिको सभापतिका विषयमा भने रास्वपाका सांसदहरुले आपत्ति जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update