
काठमाडौँ । संविधान, काुनन र नीति बनाउने सांसदहरु अनपढ, संविधानका जानकार र प्रकृयाका जानकार भएनन् भने के हुन्छ भन्ने दृष्य सोमवारको प्रतिनिधिसभामा देखिएको छ ।
सत्तारूढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले रौतहटमा मानिसहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएको घटनामा आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोग प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
जवकी नेपालको संविधान र प्रचलित कानुनले सर्वोच्च अदालतका न्यायाधीशलाई मात्रै महाअभियोग लगाएर पदबाट हटाउन मिल्छ । तर सांसद साहले भने न्याय परिषदले आन्तरिक छानविन गरेर पदबाट वर्खास्त गर्नसक्ने पदका व्यक्तिलाई पनि महाअभियोग लगाउन माग गरेर सांसदहरुको कानुनी ज्ञान छताछुल्ल पारिदिएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले जघन्य अपराधको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका आफताव आलमको जन्मकैदको फैसला उल्ट्याउने उच्च अदालत जनपुरका न्यायाधीशहरुमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याएर उच्च अदालतले गरेको फैसला अहिले जनमानस र सञ्चारमाध्यमहरूले राजनीतिक संरक्षणको परिणामका रूपमा व्याख्या गरेको पनि उनले बताए ।