Odapalika - The Fourth Estate - चौथो अंग
रसुवामा बाढीको वितण्डाः १८ जना बेपत्ता, १०० गाडी बगायो

काठमाडौँ । रसुवाको सीमा नाका चीनतर्फ आएको बाढीका कारण सरुवामा हालसम्म १८ जना वेपत्ता भएको र १०० वटा भन्दा बढी बगाएको ससस्त्र प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ । 

हिजो रातिबाट परेको अविरल वर्षसँगै नेपाल चीन सीमानाका जोड्ने पुल बगाउनुका साथै भन्सा परिसरमा राखिएका १०० भन्दा बढी गाडी बगेका छन् । 

विभिन्न स्थानबाट हालसम्म ५५ जनाको उद्धार भइसकक्दा अझे १८ जना बेपत्ता भएको सूचना पाएको ससस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । वेपत्ता हुनेमा ६ जना चिनिया नागरिक पनि छन् । 

तव्वित क्षेत्रबाट एक्कासी आएको बाढीले नेपालको जलमापन केन्द्र नै वगाइदिएको छ । हिमताल फुटेर बाढी आएको अनुमान गरिए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । 

बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा क्षति पुग्दा २५० मेघावाट विजुली उत्पादन बन्द भएको छ । 

 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update