Odapalika - The Fourth Estate - चौथो अंग
कुष्णपुरको सिको गर्दै ९ वटै स्थानीय तहमा छाउगोठ भत्काउन पत्र लेख्यो जिप्रकाले 

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालिकाभित्र रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउन पत्राचार गरको छ । 

छाउपडी प्रथा अन्त्यका लागि भन्दै कृष्णपुर नगरपालिकालेसबै वडा कार्यालयलाई पत्र लेखेर १५ दिनभित्र गोठ हटाइसक्न निर्देशन दिएको थियो । 

वडावडामा अझै छाउपडी प्रथा कायम रहेको भन्दै यसको अन्त्यका लागि गोठ भत्काउन निर्देशन दिए पनि छाउगोठ बस्नेहरुमा सामाजिक सचेतनाका लागिभ ने नगरपालिकाले ठोस कार्यक्रम अझै ल्याउन सकेको छैन । 

छाउपडी गोठ नभत्काउने व्यक्तिलाई कानुनी कारवाहीसहित १० हजार रुपैयाँ जरीमाना गरिने नगरपालिकाले जनाएको छ । 

जिल्ला प्शासन कार्यालयले ९ वटै स्थानीय तहलाई लेखेको पत्रमा दुई दिन अघि वडा नं १ निगालीमा छाउगोठमा बस्ने क्रममा सर्पदंशका कारण २८ वर्षीया कमला दमाईको मृत्यु भएको घटना देखाएर छाउगोठ भतकाउन भनेको हो । 

 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update