
काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि राजीनामा दिन बाध्य भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता अडियो सार्वजनिक हुनु २ महिना अघि नै यो प्रकरण बारे जानकार रहेको खुलेको छ ।
उनको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार अडियो सार्वजनिक हुनु २ महिना अघि नै मन्त्रीलाई सचिवायका कर्मचारीले अडियो तयार भएको र यसवारे धारणा बनाउन भनेको ती कर्मचारी बताउँछन् ।
तर मन्त्रीले आफु यस्ता काममा संलग्न नभएकाले अडियो सुन्ने कुरै नआउने भन्दै सचिवलायका कर्मचारीलाई यस्ता विषयको पछि नलाग्न भनेका थिए ।
कर्मचारीहरुले एकपटक अडियो सुन्न र अडियोबारे जिज्ञसा राख्ने एउटा दैनिक पत्रिकाका संवाददातासँग कुराकानी गर्न सुझाए पनि उनले नमानेको ती कर्मचारीको दाबी छ ।
घुस प्रकरणमा मुछिएर विवादमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएलगत्तै मन्त्रालय छाडेका छन् ।