Odapalika - The Fourth Estate - चौथो अंग
एनपीएल–२ः काठमाडौँँ गोर्खाजको टाइटल स्पोन्सरमा वर्ल्डलिंक

काटमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने भएको छ । 

क्रिकेट टोलीसँगको सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै अब वर्ल्डलिंक काठमाडौँ गोर्खाज टीमको टाइटल स्पोन्सर बनेको छ । 

सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ । अब काठमाडौं  गोर्खाजमार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौं । वित्तीय पक्षभन्दा पनि महत्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो । खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन् ।’

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वर्ल्डलिंकसँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए ।  ‘कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ । वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ । यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ,’ उनले भने ।

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । टोलीले करण केसीलाई मार्की खेलाडीका रुपमा चयन गरेको छ भने भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।

काठमाडौं गोरखाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत गुग्ने र निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुग्ने भन्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले खुसी व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update