Odapalika - The Fourth Estate - चौथो अंग
संघीय मामिला मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई आज प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नियुक्त गरेका हुन् ।

घुस काण्डमा मुछिएका संघीय मामिला मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि एमाले नेतृ न्यौपाने सो पदमा नियुक्त भएकी हुन् । 

उनी राष्ट्रियसभा सदस्य हुन । तनहुँको भानु नगरपालिकाकी स्थायी बासिन्दा न्यौपाने २०७४ सालको स्थानयि तह निर्वाचनमा सो नगरपालिकोको मेयर पदमा पराजित भएकी थिइन् । 

अनेरास्वबियूबाट राजनीति सुरु गरेकी उनी अखिल नेपाल महिला संघ तनुहँको पूर्व अध्यक्ष पनि हुन् । न्यौपाने राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुन् ।
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update