Odapalika - The Fourth Estate - चौथो अंग
कल्याणपुर नगरपालिकाका मेयर साह १ लाख घुससहित पक्राउ 

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ गरेको हो । 

विकास योजनाको काम दिएबापत घुस मागेको १ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका अनुसार मेयर साहले नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग कमिसन मागेका थिए ।

कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेपछि घुस डिल सुरु भएको थियो । घुस मागेको उजुरीपछि अख्तियारले कारबाही अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update