
काठमाडौँ । धरान उपमहानगरपालिका सहित देशभरका ११ वटा नगरपालिकाको साउन लागेसँगै आर्थिक कारोवार बन्द भएको छ ।
तोकिएको समय अर्थात १० असारभित्र बजेट ल्याएर मसान्तसम्ममा बजेट पारित गर्न नसकेका कारण यी नगरपालिकाहरुको आर्थिक कारोवार ठप्प भएको हो ।
विवादका कारण बजेट ल्याउन नसकेपछि अब यी नगरपालिकाहरुको आर्थिक कारोवारसहित कर्मचारीहरुको तलवसमेत निकासा बन्द हुनेछ ।
असार मसान्तसम्ममा बजेट ल्याउन नसक्नेमा धरान उपमहानगरपालिकाबाहेक सबै मधेश प्रदेशका छन् ।
नेपाल नगरपाकिला संघका अनुसार सिरहाको सिरहा नगरपालिका, धनुषाका नगराइन, कमला र हंसपुर नगरपालिकाले बजेट ल्याएका छैनन् ।
त्यसैगरी सप्तरीको डाक्नेश्वरी र राजविराज नगरपालिका, महोत्तरीको औरही नगरपालिका, रौतहटको देवाही गोनाही नगरपालिका र बाराको निजगढ नगरपालिकाले बजेट ल्याएका छैनन् ।