
काठमाडौँ । देशभरका १२ वटा गाउँपाकिलाले कानुनले तोकेको अवधिमा बजेट ल्याउन नसकेको पाइएको छ ।
असार १० मा बजेट ल्याएर असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि आन्तरिक लफडाका कारण १२ वटा गाउँपालिका अहिले पनि बजेटबिहीन बनेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।
महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार १२ वटा गाउँपालिकाले जनप्रतिनिधिबीचको विवाद, प्मुख प्रशासकीय अधिकृतको अभावलगायतका कारण बजेट ल्याउन नसकेको बताए ।
कोसीका ८८ वटा गाउँपािलकामध्ये सबैले बजेट ल्याइसकेका छन् भने मधेश प्रदेशका ८ वटा ले बजेट ल्याएका छैनन् भने बागमतीका २, लुम्बिनी र सूदरपश्चिमका १ गरी १२ वटा गाउँपालिका असार मसान्तसम्ममा पनि बजेटबिहीन छन् ।
बजेट ल्याउन नसकेसँगै उनीहरुको आर्थिक कारोवार ठप्प भएको छ । साउन समान्तभित्रमा बजेट ल्याएर पारित गथर्न सकेनन् भने यी गाउँपालिकामा कार्यरत सरकारी कर्मचारकिो तलव भुक्तानीसमेत रोकिनेछ । समयमा बजेट नल्याएका कारण यी स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकनमा समेत १० अंक कटौती हुनेछ ।