Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारलाई सिडिओ कार्यालयको आदेशः भदौ १५ अघि स्याउ टिप्न नदिनू

काठमाडौँ । जुम्ला जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै भदौ १५ अघि स्याउ टिप्न नदिन भनेको छ ।

संघ सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारहरुलाई यस्तो आदेश दिएको हो । भदौ १५ अघि स्याउ टिप्दा गुणस्तर कम हुने र मूल्य पनि कम पाइने भन्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएको हो ।

jumla-1754466181.jpg
‘जुम्ला जिल्लामा २०८२ भदौ १५ गतेअघि काँचो स्याउ टिप्दा त्यसको गुणस्तर र बजारमूल्य राम्रो नहुने हुँदा तहाँ गाउँपालिकाका स्याउ किसानहरुलाई २०८२ भाद्र १५ गते अगाडी स्याउ टिप्ने कार्य नगराउन जानकारी गराई दिनुहुन आदेश अनुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीन बहादुर रावलले जिल्लाका सबै स्थानीय तहहरुलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update