एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

जुम्ला- जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका-७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका-६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेको र दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update