
काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले सो प्रदेशभित्रका स्थानीय तहहरुमा रिक्त रहेको दरबन्दीको विवरण माग गरेको छ ।
आयोगले प्रदेशभित्रका सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै ७ दिनभित्रमा विवरण उपलब्ध गराउन भनेको छ । आयोगले भदौ ११ गते स्थानीय तहहरुलाई पत्र पठाएको हो ।
रिक्त दरबन्दीको विवरण पठाउँदा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अन्तरगतको रिक्त पदमा माग गर्नुपर्ने आयोगको भनाइ छ । यस्तै, एकभन्दा बढी सेवा, समुह र तहका लागि छुट्टाछुट्टै माग फारा भर्नुपर्नेछ । माग पठाउँदा नेपाल सरकारबाट स्वीकृत दरबन्दी तेरिजको प्रमाणित प्रतिका साथै सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय प्रति संलग्न गर्न आयोगले भनेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १४:५४
प्रतिक्रिया दिनुहोस्