Odapalika - The Fourth Estate - चौथो अंग
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले पदबाट राजीनामा गरेका छन् ।

बस्यालले व्यक्तिगत कारण देखाएर दिएको राजीनामा आइतबार बसेको कम्पनीको संचालक समिति बैठकले स्वीकृत गरेको हो । बस्याल करिब २ वर्षअघि सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण पनि सार्वजनिक गरिसकेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यमा सो कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ २३ पैसा छ ।

बस्यालले यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन गरेका थिए । यस्तै, उनले नेपाली पुँजी बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि पनि आवेदन गरेका थिए । पुँजी बजारका विज्ञ बस्याललाई सरकारले यो क्षेत्रसँग सम्बन्धित नीति निर्माण तहमा हालसम्म कुनै जिम्मेवारी भने दिएको छैन । अहिले पनि नेप्सेको अध्यक्ष पद रिक्त छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update