
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५सय बढीले सेवा लिएका छन् ।
वडा कार्यालयमा सञ्चालित दुई दिने शिविरमा ५ सय ६८ जनाले सेवा लिएको वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय मार्फत वितरण हुने राष्ट्रिय परिचयपत्र पछिल्लो समय गाउँपालिकाबाट वितरण हुँदै आएको छ ।
गाउँपालिका केन्द्र सम्म पुग्नका लागि वृद्धवृद्धा तथा अशक्त भएकाहरुलाई समस्या हुने भएकाले वडाको समन्वयमा गाउँपालिकाले वडा कार्यालयमा शिविर सञ्चालन गरि वितरण गरेको बताइएको छ ।
सदरमुकाम तथा गाउँपालिकासम्म पुगेर कष्टका साथ सेवा लिनु पर्ने भएपनि आफ्नै वडामा सेवा पाउँदा नागरिकले खुसी व्यक्त गरेका छन् ।