इलामको सूर्याेदय नगरपालिकामा भेटियो दुलर्भ कालो चितुवा

इलाम- इलाममा कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ।

सूर्योदय नगरपालिका-२ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान कालो चितुवा फेला परेको हो। 

आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  

डिभिजन वन कार्यालय इलामले यो चितुवाको उद्धारका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोलीलाई जानकारी गराएको छ।

डिभिजन प्रमुख वीरेन्द्र साहले कालो प्रजातीको चितुवा दुर्लभ मानिने बताए।

कालो रङको चितुवा इलाममा पहिलो पटक भेटिएको हो। बाख्रालाई घाँस हाल्न जाँदा खोरमा चितुवा भेटिएपछि काफ्लेले हल्लाखल्ला गरेका थिए।  

एक महिना यता बागवीरे क्षेत्रमा चितुवाले स्थानीय किसानका सातवटा बाख्रा खाएको छ। 

त्यसैगरि इलामकै माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई २ बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले खाएको छ।

यो क्षेत्र भारतीय सीमासँग जोडिएको कारण भारतको सिंहलिला नेसनल पार्कबाट चितुवाहरू नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update