Odapalika - The Fourth Estate - चौथो अंग
नेपालको कृषिको अबको बाटो

नेपाल, एक कृषि प्रधान देश जहा लगभग ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर छन र कृषि क्षेत्र जसले नेपालको गृहस्थ उत्पादनमा लगभग २६ प्रतिशत योगदान पुर्याउदछ । समस्या नै समस्याको पोको जस्तो भएको कृषि क्षेत्र अनेक सम्भावना हुदा पनि आज एक भूमरीमा फसेको जस्तो, कुनै जालमा अल्झिएको जस्तो कतै बाटो बिराए जस्तो देखिएको छ, देखाइएको छ ।  राज्यको तर्फ बाट प्रयास नभएको हैन तर आज उत्पादन उन्मुख हुनु पर्ने क्षेत्र अनुदानको चपेटामा परेर न पार हुन सकेको छ न उम्कन सकेको छ । हाम्रो रणनिति, कार्यक्रम, बजेट, कार्यक्रम सञ्चालन गर्ने निर्देशिका, कार्यबिधीले स्पष्ट गर्छ, कृषि क्षेत्रले अबको छोटो समयमा कुनै चमत्कार गर्ने सम्भावना न्यून छ ।

समय आएको छ, प्रश्न गर्ने रु आज सम्मको कार्यक्रम रणनीतिले कति परिवारलाई आत्मनिर्बर बनायो रु कति युबा देश फर्कायो रु ग्रामीण भागको कृषकको जिबन कतिको सुधार्यो रु अझ एक जटिल प्रश्न छ, के आजको रणनीति, योजना ढ़ाचा अनुसार सबै कार्य सफल हुदा एक ग्रामीण कृषक समृद्द बन्छ अथवा एक जीबीकोपार्जन गर्न र छाक टार्न मात्र सफल हुन्छ रु यदि गर्दैन भने सोच्ने बेला आएको छ ।

कृषि जनगणना २०७८ अनुसार नेपालको सामान्य तह हरेक किसान परिवारको आधा हेक्टर भन्दा कम जमीन रहेको छ जसमा सम्पुर्ण परिवार निर्भर हुने गर्दछ । सिचाई क्षेत्रको बिस्तार सँगै बर्षमा लगाउने बालिको संख्या र उत्पादकत्वमा बिकास भएको छ । कृषि कर्ममा मलखादको समस्या, भण्डारण, बजार, मौसम परिवर्तन, रोगकिरा जस्ता समस्याको कारण अब नेपालको कृषि खेतिपातिमा मात्र निर्भर हुनु हुदैन । केही प्रतिशत बिकास हुनसक्छ तर अन्नखेतीमा आधारित खेती प्रणालीले किसान र युबालाई बिदेश मात्र ढकल्दछ ।

अब के गर्ने रु  

दुई उपाय छन, पहिलो कृषि पर्यटन र दोश्रो उच्च मुल्य कृषि बस्तुको मुल्य शृंखला बिकास ।

नेपालमा सरदर ११(१२ लाख पर्यटक नेपाल भित्रीने गरेको छन जुन सम्भावना संग दाज्ने हो भने एकदमै न्यून हो । नेपालको मौलिक र् परम्परागत कृषि खेती प्रणाली, यहा रहेको जैबिक बिबिधता, बिभिन्न स्थानमा कृषि संग सम्बन्धित उत्सब सँगै मौसम र भौगोलिक बिबिधताले नेपालमा कृषि पर्यटनको सम्भावना धेरै छ भने देखाऊदछ । कृषि पर्यटनले हाल रहेको कृषि क्षेत्रको प्रमुख समस्याको समाधान निकाल्दछ, जस्तै कृषकको खेतमा कृषक उपज खेर जाने, प्रांगारिक अथवा जैबिक तरीकाबाट उत्पादित कृषि उपजको उच्च मूल्याङ्कन, कृषकको बालीको उचित मुल्य, रसायानिक मल प्रतिस्थापन आदि । कृषि पर्यटनबाट नै संभब छ, ग्रामीण क्षेत्रको पुर्बाधार बिकास, ग्रामीण किसानको आर्थिक सामाजिक अवस्थामा बिकास, कृषि संस्कृति र परम्पराको संरक्षण र समग्र अर्थतन्त्रको सुधार । अब हरेक किसान सक्षम हुन पर्दछ, हरेक किसानको घर एउटा होम स्टेको रुपमा बिकास हुनु पर्दछ, हरेक युबा यहि देशमा रमाउनु पर्दछ । सरोकारवालाहरुले ध्यान दिनु पर्ने छ, पर्यटन पुर्बाधारको बिकास, कृषि पर्यटन प्रबर्धन केंद्र, हरेक तहको निकायको समन्वय, नेपालको पर्यटनको बैदेशिक भूमिमा प्रचार प्रसार, कृषि पर्यटन सम्बन्धि क्रियाकलापको तालिम, राजश्वमा सहजता, सहज ऋण ब्यबस्था, प्रमुख क्षेत्रको छनोट, प्रबर्धन र नमुना सिकाई केन्द्रको सञ्चालन आदि उपाय संयुक्त रुपमा चाल्न सकिन्छ । कृषि पर्यटनले अहिले रहेको मुख्य मलखादको समस्याको जटिलतालाई पनि सहज पुर्याउने छ । अहिले बिकास भइसकेको बिभिन्न सफल पर्यटक गन्तब्यहरु संग नया कृषि पर्यटन हबहरुलाई जोड़दै जानु आवश्यक छ । संग सँगै उच्च मुल्य कृषि बस्तुको मुल्य शृंखलामा आधारित भौगोलिक अवस्था, उत्पादन बिधी, नबीनता राम्रो संग झल्किने गरेर ब्रान्डींग गरिनु पर्दछ ।

अब हरेक कृषक सक्षम हुने समय आएको छ, हरेक ग्रामीण क्षेत्र र हरेक युबाहरुलाई मोहित पार्न सक्ने कृषि पर्यटन क्षेत्रको बिकास आजको अपरिहार्य आवश्यकता हो । नेपालले बर्षको ४ करोड़ पर्यटक भित्राउने लक्ष्य लिनु पर्दछ, बैदेशिक मुद्रा भित्रीने मात्रा ४० गुणानले बढाउन सकिन्छ । यस बाट देश आफै पनि सक्षम बन्न सक्छ, मलखादको अनुदानको जालोमा फसेको नेपालको बजेट र कार्यक्रमले अंतत निचोड़ पाउनेछ, हरेक कार्यक्रमको लगानी सँगै सक्षम र आत्मनिर्भर युबा उत्पादन हुनेछ, देशले निकास पाउनेछ, किसान हास्नेछन ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update