६८ उपसचिवको सरुवा, २९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गरेर उपसचिवहरुको सरुवा गरेकी हुन् । मन्त्रालयले दिएको जानकारी अनुसार यसरी सरुवा गरिएकामध्ये २९ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
मन्त्री रावलले चैत २६ गते ३० जना उपसचिवको सरुवा गरेकोमा २५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै, चैत २५ गते ६ जना उपसचिव, चैत २३ गते २२ जना उपसचिव र चैत २२ गते ६ जना उपसचिवको सरुवा गरिएको हो । चैत २० गते सरुवा गरिएका ४ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १९:१०
प्रतिक्रिया दिनुहोस्






