काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।
मन्त्री प्रतिभा रावलले चैत १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख प्रशासकीय अधिकृत पठाएकी हुन् । संघीय सरकारले निजामती सेवाका शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
केही दिनअघि मात्रै मन्त्रालयले ६३ जना उपसचिवहरुको सरुवा गरेको थियो । तीमध्ये अधिका.श उपसचिवहरुलाई नगरपालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वयन समितिको अधिकृत बनाइएको थियो ।
अहिले सरुवा गरिएका शाखा अधिकृतहरुलाई गाउँपालिकको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । मन्त्रालयका अनुसार अहिले करिब १५० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । रिक्त रहेका सबै स्थानमा प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भएको मन्त्रालयको भनाई छ ।
यी हुन गाउँपालिकामा पठाइएका ७८ प्रमुख प्रशासकीय अधिकृतहरु







