नेपाल प्रहरीले रिटायर्ड कुकुर विक्री गर्ने, कति पर्छ मूल्य ?

 

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी सेवाको लागि प्रभावकारी कार्य गर्न नसक्ने कुकुरहरु विक्री गर्ने भएको छ ।

प्रहरीको केनाइन कार्यालयले निस्क्रिय कुकुरहरु विक्री गर्न लागेको निस्क्रिय प्रहरी कुकुर व्यवस्थापन समितिका अध्यक्ष डा. रामचन्द्र सत्यालले जानकारी दिए ।

‘स्वास्थ्य, कार्यक्षमता वा अन्य कारणले अपेक्षित नतिजा दिन नसक्ने कुकुर विक्री गर्ने प्रचलन छ । यसको लागि एउटा समिति नै छ । सोही समितिको निर्णयका आधारमा मूल्य तोकेर कुकुर विक्री वितरण गर्न लागिएको हो,’ अध्यक्ष सत्यालले वडापालिकासँग भने ।

कार्यालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका बहालवाला कर्मचारी, नेपाल प्रहरीको पूर्वप्रहरी कर्मचारी, सर्वसाधारण नागरिक र दाताले यस्ता कुकुर लिन सक्ने छन् ।

प्रहरीले ककर स्पाइनल र जर्मन सेफर्ड जातका भाले कुकुर विक्री गर्न लागेको हो । यीमध्ये ककर स्पाइनल जातको भाले कुकुर विस्फोटक पदार्थको खोजी एवं पहिचानमा प्रयोग भएको थियो भने जर्मन सेफड मानव खोजी तथा उद्धारमा प्रयोग हुने गरेको थियो । प्रहरीले ककर स्पाइनलको मूल्य ४ हजार रुपैयाँ तोकेको छ भने जर्मन सेफडको मूल्य ५ हजार रुपैयाँ तोकेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update