शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ, बैंकिङ कसुरको अभियोग
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरमा बुधवार अग्रवाललाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अग्रवाललाई पक्राउ गरिएको पुष्टि गरे । उनलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको हो ।
प्रवक्ता जबराका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुर सम्बन्धी परेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । उनलाई पक्राउ गरि सीआईबीले अदालत पुर्याएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ १७:२६
प्रतिक्रिया दिनुहोस्




