काठमाडौं - जेनजी आन्दोलनका कारण रोकिएको ट्राफिक जाँच पुनः सुरुवात भएको छ। गएको २३ र २४ भदौमा को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीले सवारी चेकिङ तथा मापसे चेकिङ बन्द गरेको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई जरिवाना र कारबाही प्रक्रिया पनि सुरु भइसकेको उनले बताए । मापसे चेकिङ पनि ६०-७० ठाउँमा सुरु भइसकेको भन्दै उनले चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेक प्वाइन्ट खडा गरिएको जानकारी दिए।
“सरप्राइज चेकजाँच पनि हुन्छ । चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारबाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौँ‚” उनले भने।
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको प्रहरी विभागले जानकारी दिएको छ।





