Odapalika - The Fourth Estate - चौथो अंग
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

बुटवल । पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

बसले पैदलयात्रीलाई ठक्कर दिएको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी ५०/५५ वर्षका पहाडी मुलका पुरुष पैदलयात्रीको चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएराति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । उक्त बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।

घाइतेहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update