Odapalika - The Fourth Estate - चौथो अंग
मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते

काठमाडौँ। गएराति बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार बुधबार राति ११ बजेतिर मेलौली नगरपालिका–७ सुवाखानमा जिप अनियन्त्रित भएर दुर्घटना भएको हो। 

दुर्घटनामा परेर घाइते मेलौली नगरपालिका–२ की २४ वर्षीया तुलसी पाण्डेयको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा जिप चालक दशरथचन्द नगरपालिका–७ का ३२ वर्षीय जनक बडूसहित ४ जना घाइते भएका छन्। 

घाइते हुनेमा मेलौली नगरपालिका–२ का ६५ वर्षीय डम्बर पाण्डेय, २८ वर्षीय ओम पाण्डेय र ३४ वर्षीय हरी पाण्डेय छन्। 

सुल्लेखानबाट मेलौलीतर्फ गइरहेको से १ ज ७३२ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको हो। जिपमा शिवनाथ मेला अवलोकन गरेर फर्किरहेका यात्रु सवार थिए।  

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update