Odapalika - The Fourth Estate - चौथो अंग
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update