Odapalika - The Fourth Estate - चौथो अंग
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ । समस्या समाधानसँगै उडान र अवतरण सञ्चालन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

धावनमार्गको लाइट बिग्रँदा शनिबार बेलुका करिब ५ बजेर २५ मिनेटदेखि त्यहाँबाट उडान र अवतरण रोकिएको थियो । राति करिब साढे ९ बजेदेखि उडान र अवतरण पुनः सञ्चालन गरिएको उनले बताए ।

उडान र अवतरण रोकिँदा सयौँजनाको यात्रा अस्तव्यस्त बनेको थियो । कैयौँ विमान आकाशमै ‘होल्ड’ गरिएको थियो । एउटा विमान दिल्ली ‘डाइभर्ट’ गरिएको थियो । दक्षिण कोरियाबाट काठमाडौं आएको कोरिएन एयरको विमान दिल्ली डाइभर्ट गरिएको जनाइएको छ ।

फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट गरिएको थियो । सिस्टममा समस्या आउँदा त्यहाँबाट हुने सबै उडान र अवतरण पूर्ण रूपमा बन्द गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update