Odapalika - The Fourth Estate - चौथो अंग
अस्ट्रेलियामा सवारी दुर्घटना: एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ ।  आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ । 

भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो । 

उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ । 

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । 

उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र  उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए । 

ट्रक चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन् । 

उपचारार्थ महिलाको अवस्था स्थिर रहेको र उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । 

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update