Odapalika - The Fourth Estate - चौथो अंग
पाल्पाको निस्दी गाउँपालिकामा घर भत्काउँदा च्यापिएर एकजनाको मृत्यु

काठमाडौँ- पाल्पाको निस्दी गाउँपालिका-५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।

बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए।

नयाँ बनाउन पुरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते भएका थिए।

उनको उपचारका क्रममा बिहीबार रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update