Odapalika - The Fourth Estate - चौथो अंग
भरुवा बन्दुकसहित एकजना समातिए

काठमाडौं-बैतडीमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४, बगौराका ४१ वर्षीय गम्भीरबहादुर चन्द छन् ।

पञ्चेश्व–४ स्थित महाकाली करिडोरबाट भरुवा बन्दुक एक, छर्रा ३५, बारुद र केप एकथानसहित शुक्रबार (मंसिर ५) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update