Odapalika - The Fourth Estate - चौथो अंग
युवा संघले धनगढीमा जेनजी समुहलाई कुट्यो

काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा संघले धनगढीमा जेनजी समूहमाथि आक्रमण गरेको छ ।

युवा संघले जागरण सभाका लागि गरेको मोटरसाइकल र्‍यालीसहितको प्रदर्शनमा विरोध गरिरहेका जेनजी समूहमाथि आक्रमण भएको हो ।

युवा संघले धनगढीमा आयोजना गरेको जागरण सभामा एमाले पोलिटब्युरो सदस्यसमेत रहेका संघका पूर्वअध्यक्ष महेश बस्नेत पनि सहभागी भएका थिए ।

बस्नेत सहभागी हुने भएपछि जेनजी युवाहरू सडकको बायाँतर्फ उभिएर विरोध प्रदर्शन गरिरहेका थिए।

सडकमा शान्तिपूर्ण विरोध गरिरहेका जेनजी अगुवालाई युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढीकी जेनजी अगुवा सरिता जोशी घाइते भएकी छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकल र्‍यालीसहित आएका युवा संघका कार्यकर्ताहरूले जेनजी अगुवाहरूलाई आक्रमण प्रयास गरेका थिए। ठूलो संख्यामा रहेका सशस्त्र र नेपाल प्रहरीहरूले युवा संघका कार्यकर्तालाई रोकेका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update