Odapalika - The Fourth Estate - चौथो अंग
सिरहा प्रशासनद्वारा सीमा क्षेत्रको सुरक्षामा कडाइ

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शंकास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ । प्रशासनले मंगलबार एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व्यवस्थालाई थप बलियो पारिएको जनाएको हो ।

"सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद् व्यक्ति अवैध ढंगबाट यस जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको छ", सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको सूचनामा उल्लेख छ, "आमनागरिक, व्यवसायी र समुदायलाई सजग रहन र यदि कुनै अपरिचित व्यक्ति वा समूह देखापरेमा नजिकको सुरक्षा निकायलाई जानकारी दिनको लागि आग्रह छ ।"

कार्यालयले कुनै पनि परिचय नखुलेका अपरिचित व्यक्तिलाई समुदायमा बसोबास गर्न नदिन र कुनै पनि कामकाजमा संलग्न नगर्न नगराउन पनि अनुरोध गरेको छ ।

जिल्लासँग नेपाल–भारतबीच करिब ४० किलोमिटर लामो सीमा जोडिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update