Odapalika - The Fourth Estate - चौथो अंग
इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ७०० नाघ्यो, ५०० बेपत्ता

इन्डोनेसिया- इन्डोनेसियाको सुमात्रा टापुमा विनाशकारी बाढी र पहिरोबाट मृत्यु भएकाको संख्या ७०० नाघेको छ। कम्तीमा ५०० जना बेपत्ता छन्।

धेरै जना हिलोमा फसेको आशंका गरिएको छ। लगभग १० लाख मानिसलाई घरबाट उद्धार गरिएको छ।

बाढी-पहिरोबाट बढी पीडित क्षेत्रहरूमा अझै पनि महत्त्वपूर्ण सहायता पुग्न सकेको छैन।

बाढीपीडित क्षेत्रका धेरै मानिसहरूले आफूहरू सफा पानी, चामल वा फोन सिग्नल खोज्न घण्टौँ हिँड्नुपरेको बीबीसीसँग बताएका छन्।

बाढीको पानी र भग्नावशेषका कारण धेरैजसो सडक आवतजावत गर्न नसकिने भएका छन्।

सहायताकर्मीहरू पैदल र मोटरसाइकलबाट बाढीपीडितहरूसम्म पुग्ने प्रयास गरिरहेका छन्।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update