काठमाडौँ – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको आयोजनामा मंसिर २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने जुनार प्रवद्र्धन मेला सफल बनाउन भन्दै ३ दिन बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ ०९:१६
प्रतिक्रिया दिनुहोस्







