Odapalika - The Fourth Estate - चौथो अंग
दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०-०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन् ।

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुईजना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update