काठमाडौं-निर्वाचन आयोगले ८ पुसमा बसेको बैठकमा ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ। आयोगले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल लगायतका दलको दर्ता खारेज गरेको हो।
यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।
आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएनन् । आजको बैठकले टुंग्याइसकेको भए पनि प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने भोलि यसबारे जानकारी गराइने बताए ।
यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको, स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले खारेज गर्ने निर्णय भएको हो ।







