Odapalika - The Fourth Estate - चौथो अंग
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौं- निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि ४० संस्थाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएको जानकारी दिएको छ।

आयोगले जारी गरेको विज्ञप्ति अनुसार पुस १६ गते थप ९ संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको हो। 

'थप ९ (नौ) बटा राष्ट्रिय संस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति प्रदान गरिएको छ। यस अघि मिति २०८२/०८/२९ मा अनुमति प्रदान गरिएका २७ वटा राष्ट्रिय तथा ४ (चार) वटा अन्तर्राष्ट्रिय संस्थासहित प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल सङ्ख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ ४ (चार) वटा गरी जम्मा ४० पुगेको छ,' आयोगले लेखेको छ।

आयोगका अनुसार अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण प्रदान गरी उक्त संस्थाहरूबाट खटाइने पर्यवेक्षकहरूको विवरण पर्यवेक्षण प्रणालीमा प्रविष्टि एवम् जाँचबुझ गरी परिचय-पत्र उपलब्ध गराइने छ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update