Odapalika - The Fourth Estate - चौथो अंग
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक

काठमाडौँ । कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषि कर्म भइरहेको तथ्यांक सार्वजनिक भएको छ । यो प्रदेशको कूल जनसंख्या मध्ये ६६ प्रतिशत परिवार कृषक छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले विराटनगरमा सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाको कोशी प्रदेशस्तरीय प्रतिवेदनमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म गरिरहेको जनाइएको हो ।

कृषि कर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रदेशको कृषियोग्य जग्गामध्ये ५३.५ प्रतिशत सिँचित क्षेत्र छ । कृषक परिवारमध्ये ६८.३ प्रतिशतले सिँचाइ सुविधा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रदेशमा धान खेतीका लागि योग्य जग्गा २ लाख ७९ हजार ३८९ हेक्टर छ भने मकैका लागि १ लाख ७९ हजार ९१७ र गहुँ खेतीका लागि ४६ हजार ४६८ हेक्टर रहेको जनाइएको छ ।

यसैगरी, आँप खेती १ हजार १६९, केरा १ हजार ७४९, सुन्तला १ हजार ६१८, कागती ७२५ र स्याउ १४९ हेक्टरमा खेती भइरहेको तथ्यांक छ । ३९ प्रतिशत कृषकले ट्याक्टर, ५.८ प्रतिशतले पावरट्रिलर र १३.७ प्रतिशतले फलामे हलोले खेती गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update