भाडा नतिरेपछि ऋषि धमलाको रिपोर्टस क्लबसहितमा समाजकल्याणले लगायो ताला
काठमाडौँ । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ ।
समाज कल्याण परिषद्ले मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।
परिषदका सदस्य सचिव सरोज कुमार शर्माले बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि ताला लगाउनुपरेको जानकारी दिए ।
परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय लगायत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२ १७:५९
प्रतिक्रिया दिनुहोस्






