सरकारले भन्योः इरानमा पक्राउ परेका अमृत झा रिहा भए

काठमाडौं - इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनलाई बुधबार रिहा गरिएको हो ।

इरानस्थित कन्सुलरसँग समन्वयपछि रिहाइ भएको उनको भनाइ छ । झा इजरायल-अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि इन्धन लिन इरान पुगेका थिए । 

दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update