यूएईको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी, इरानले क्षेप्यास्त्र प्रहार गरेको दाबी

काठमाडौं । संयुक्त अरब इमिरेट्सको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी भएको छ ।

यूएईको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र फुजैराहमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । उक्त केन्द्रमा भएको आगलागीमा तीन जना घाइते भएका छन् ।

आगलागी इरानको क्षेप्यास्त्र प्रहारका कारण भएको यूएईको आरोप छ । घटनाअघि तीनवटा इरानी क्षेप्यास्त्र ध्वस्त बनाएको यूएईको दाबी छ । 

यस घटनाको प्रतिवाद हुने चेतावनी यूएईले दिएको छ । विज्ञप्ति प्रकाशित गर्दै यूएईले भनेको छ,'अन्तर्राष्ट्रिय कानुन राष्ट्रसंघीय बडापत्र अनुसार प्रतिरक्षाको अधिकार यूएईले प्रयोग गर्नेछ ।'

यूएईको उक्त आरोपबारे इरानले केही पनि प्रतिक्रिया जनाएको छैन । उक्त केन्द्रमा आगलागीसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । कच्चा तेलको मूल्य ११५ डलर पुगेको बीबीसीले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ०६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update