टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगो देखियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगो देखिएको छ । 

टर्कीको इस्तानबुलबाट आएका विमानको चक्कामा आगो देखिएपछि तत्कालै दमकलको सहायताले आगो निभाइएको थियो । 

बिहान करिब पौने ७ बजेतिर इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा सो घटना भएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । 

घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिएर आपतकालीन ढोकामार्फत यात्रुहरुलाई सकुशल उद्दार गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको विमानस्थल स्रोतले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update